चन्द्र प्रसाद भाट,श्रावण २०,कमलबजार अछाम । विगत २ वर्षदेखि क्यान्सरबाट पीडितभएका अछामको कमलबजार नगरपालिका वडा नः ७ सेरा जामाका नरि ढोलीको उपचारका लागी नरी ढोली बचाउ अभियान सुरु भएको छ । दलित एकता समाज कमलबजारको नेतृत्वमा सुरु भएको आर्थिक संकलन अभियानले ढोलीको थप उपचारका लागी आर्थिक संकलन गर्ने अभियान सुरु गरेको हो ।

२ वर्षदेखि छालाको क्यान्सरबाट पीडित भएका ढोली अहिले आर्थिक संकटमा रहेका छन । घरकोआर्थिक अवस्था कमजोर भएका कारण समयमै उपचार गराउन नपाएका पीडित ढोली यो अभियानबाट आफुले नयाँ जीवन पाउनेमा विश्वस्त हुनुहुन्छ ।
दलित एकता समाजको आयोजनामा हिजो बिहिबार बाट कमलबजारमा सञ्चालन भएको अभियानबाट पहिलो दिन ३६ हजार ३ सय ८५ रुपैयाँ संकलन भएको एकता समाजका नगर अध्यक्ष मिलन नेपालीले जानकारी दिए ।
समाजका गरीब,असहाय,दिर्घ रोगी लगाएत आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकहरुको घाउमा मलहम लगाउने उदेश्यले निर्माण गरिएको दलित एकता समाजले पछिल्लो समय सामाजिक कार्यहरुमा आफ्नो सक्रियता बढाएको समाजका सचिब नर बहादुर सुनारले बताए ।

उनका अनुसार यो एकता समाजले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरु निरन्तर रुपमा सञ्चालन गरिने छ । विपन्न परिवारका सदस्यहरुलाई विभिन्न सहयोगात्मक कार्यहरु गर्न आगामी दिनहरुमापनि सक्रिय रहने एकता समाजले प्रतिबद्धता जनाएको छ ।

यसैबिच दलित एकता समाजले वडा नः ७ कै मिर्गौला पीडित गंगे सुनारलाई पनि आर्थिक सहयोग गरेको छ । लामो समयदेखि सुगर रोगका कारण मिर्गौलामा ठुलो असर भएपछि जीवन मरणको दोसाँधमा रहेका सुनारलाई नयाँ जीवन दिन समाजले बिभिन्न निकायसंग समन्वय गरिरहेका दलित अगुवा एबम् कार्यपालिका सदस्य गोविन्द सुनारले बताए । पीडित सुनारलाई एकता समाजको तर्फबाट ५ हजार आर्थिक सहयोग हष्तान्त्रण गरिसकिएको र आगामी दिनहरुमा पनि सहयोग गरिने समाजले जनाएको छ ।

पीडितद्धय लाई सहयोग गर्न चाहने सहयोगी मनहरुले निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
मिलन नेपाली : ९८६६०६९७५४
बल बहादुर भण्डारी : ९८४५२५४७४६
गोविन्द सुनार : ९७४९८५०८५५

Discussion about this post