चन्द्र प्रसाद भाट,श्रावण १९ कमलबजार, अछाम । विकट क्षेत्रका नागकिहरुलाई घर पायकमै सेवा दिने उदेश्यले अछामको कमलबजार नगरपालिकामा सञ्चालन गरिएको ३ दिने घुम्ति शिबिर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय अछाम,जिल्ला निर्वाचन कार्यालय अछाम र कमलबजार नगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको घुम्ति शिबिर बिहिबार सम्पन्न भएको हो ।

कमलबजार नगरपालिकाको कार्यलयमा सम्पन्न घुम्ति शिबिरबाट नगरका ४३३ जना सेवाग्राहीहरुले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन । यहि श्रावण १७ गतेबाट सुरु भएको घुम्ति शिबिरबाट उक्त संख्याका नागरिकहरुले सेवा प्राप्त गरेका जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा लक्ष्मी बस्नेतले जानकारी दिनुभयो ।
१६ वर्ष उमेर पुरा भई नेपाली नागरिकता प्राप्त नगरेका नागरिकहरुलाई नागरिकता वितरण र यसअघि मतदाता नामावलीमा नाम दर्तागर्न छुटेका नेपाली नागरिकरुलाई मतदातामा नाम दर्तागर्न आग्रह गरिएको थियो ।
यस्तै घुम्ति शिबरबाट जम्मा ३०७ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका ईलाका प्रशासन कार्यालय बिनायकका सहायक कम्प्यूटर अपरेटर लक्ष्मी धामीले जानकारी दिनुभयो ।

आफ्नो घरपायक मै सेवा प्राप्त हुने भएपछि स्थानियहरु खुसि भएकाछन । महँगो गाडीभाडा तिरेर सदरमुकाममै गई सेवा लिनुपर्ने बाध्यता रहेको भन्दै नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय,निर्वाचन कार्यालय र नगरपालिकाको समन्वयमा घुम्ति शिबिर सञ्चालन गरिएको थियो । नगरपालिकामै सेवा पाउँदा आफुलाई खुसि लागेको एकजना सेवाग्राही लाल बहादुर बिस्टले बताउनुभयो ।

नागरिकताको प्रमाणपत्र लिनकै लागी जिल्ला प्रशासन कार्यालय अछाममा पुग्नुपर्ने बाध्यतालाई ध्यानमा राखि नगरपालिकमै सेवा सञ्चालन हुनुले जनताले राहात महसुस गरेको कमलबजार नगरपालिका वडा नः ४ चाल्साका वडा अध्यक्ष मिन बहादुर साउँदले बताए ।

साथै अध्यक्ष साउँदले आगामी दिनहरुमा पनि जनताको सहजताका लागी यो कार्यक्रम वडा स्तरमै आयोजना गर्नुपर्नेमा जोड दिएका छन । यस्ता कार्यक्रमहरु वडा स्तरमै गर्नका लागी आवश्यक बजेटको ब्यवस्था गर्न वडा कार्यालय तयार रहेको उहाँको भनाई छ । यसरी घुम्ति शिबिर वडा स्तरमै आयोजन हुने हो भने नागरिकहरुलाई अझ सहयोग पुग्ने अध्यक्ष साउँदको बिश्वास छ ।

यस्तै वडा अध्यक्ष साउँदले नागरिकहरुका लागी आयोजना गरिएको महत्वपुर्ण कार्यक्रममा कमलबजार नगरपालिकाका नगर प्रमुख र प्रशासकिय अधिकृतले ध्यान नदिएको गुनासो गरे । स्थानिय सरकारको प्रमुख र कार्यालय प्रमुखले यसमा अझ बढि जिम्मेवार हुनुपर्नेमा उनिहरुबाट व्यवास्ता भएको भन्दै आपत्ति समेत जनाए । प्रमुख जिम्मेवारीमा रहेका ब्यक्तिहरुबाट ब्यवास्ता हुनु दुःखद भएको उनको भनाई छ ।

Discussion about this post