सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

११ वर्षदेखि प्रक्रियामा रहेको एमसीसी अन्ततः सदनबाट अनुमोदन

Sudur Darpan by Sudur Darpan
February 28, 2022
in Highlights, अर्थ, राजनीति, समाचार
0
26
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

फागुन १५ काठमाण्डौ – अन्ततः अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको छ । एमसीसी नेपालमा ल्याउनका लागि झन्डै ११ वर्षअघिदेखि सुरु भएको प्रक्रिया लामो विवाद, अन्योल र झमेला पार गर्दै आज पारित भएको हो ।

नेपालको विद्युत् प्रसारण लाइन र सडक मर्मतका लागि अमेरिकाले दिने पाँच सय मिलेनियम डलर अर्थात् झन्डै ६० अर्ब रुपैयाँका लागि एमसीसी सम्झौता भएको थियो । यसमा नेपालको पनि १३ करोड अमेरिकी डलर लगानी हुनेछ । सम्झौताका अनुसार काठमाण्डौको लप्सीफेँदीबाट नुवाकोटको रातामाटे हुँदै एउटा लाइन दमौलीबाट पाल्पा हुँदै बुटबल र अर्को लाइन हेटौँडा पुग्नेछ । यस्तै बुटवल–गोरखपुर अन्तरदेशीय लाइन विस्तारका लागि पनि रकम खर्च हुनेछ ।

यस्तै सडक सुधार अन्तर्गत पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटादेखि दाङ र बाँकेको सीमा शिवखोलासम्म एक सय किलोमिटर सडक अत्याधुनिक र फरक शैलीबाट स्तरोन्नति हुनेछ । एमसीसीमार्फत कार्यान्वयन हुने आयोजनाबाट नेपालमा उत्पादन हुने बिजुलीलाई देशका विभिन्न ठाउँमा उपभोग गर्नेदेखि विदेशमा बेच्नका लागि पनि उपयोगी बन्नेछ ।

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा नेपाल एमसीसी अनुदानका लागि योग्य अर्थात् थ्रेस होल्डमा छनोट भएको थियो । त्यसपछिका १० वर्ष लगभग सबैजसो सरकारका पालामा एमसीसीको बारेमा कुनै न कुनै निर्णय भएका छन् । तर नेपाली कांग्रेसबाहेक सबैजसोले अवस्थाअनुसार बोली फेरेका छन् । २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एमसीसीसँग सम्झौताका लागि सम्पर्क अधिकृत तोकियो । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा २०७० सालमा विकासका अवरोध पहिचानाका लागि अर्थशास्त्रीको समूह गठन भएको थियो ।

२०७१ सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा एमसीसीको कम्प्याक्ट कार्यक्रमको तयारीका लागि निर्देशक समिति गठन भयो । २०७३ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कम्प्याक्ट मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययनका लागि प्राविधिक सहायता स्वीकार गर्ने सम्झौता भयो । २०७४ सालमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७४ सालमा द्विपक्षीय वार्ता टोली गठन भयो ।

२०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एमसीसीमार्फत आउने सहायता स्वीकार गर्न मन्त्रिपरिषद्मा पेस स्वीकृति प्रदान भयो । २०७४ सालको भदौमा सम्झौतामा हस्ताक्षर भयो । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७६ सालको असार ३१ गते सम्झौतालाई अनुमोदनका लागि संसदमा दर्ता भयो । फेरि प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा यही फागुन ११ गते सम्झौता सदनमा टेबल भयो र आज अनुमोदन भयो ।

एमसीसीमा नेपाली कांग्रेसबाहेक अरू दलहरूले दोहोरो भूमिका खेले, सत्तामा रहँदा यसको समर्थन गरे, प्रतिपक्षीमा रहँदा मौन रहने या विरोध गर्ने गरे । एमसीसीमा भएका सम्झौताका प्रावधान पढेर र बुझेर वा पढ्दै नपढी अनेक अपव्याख्या गरेर नागरिकमा भ्रम छर्ने काम दलहरू र विद्वान् भनिएका व्यक्तिहरूले गरे ।

एमसीसीको विषयमा नेकपा माओवादी केन्द्र सबैभन्दा विवादित बन्यो । माओवादीका नेता कार्यकर्ता एमसीसीको विरोधमा सडकमा हुँदा अध्यक्ष प्रचण्डले फागुन १६ गतेभित्र एमसीसी पारित गर्छौँ भनेर प्रधानमन्त्री सँगसँगै पत्र पठाएको खुल्यो । यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी नेपालको हितमा रहेको रहेको भन्दै सदनमै बोल्नुभएको थियो तर अहिले एमाले नबोल्ने बताउँदै आउनुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले पनि सडकमा कार्यकर्ता उतारेर नेताहरूले दोहोरो चरित्र देखाए ।

एमसीसीका विषयमा देशभित्रै धुव्रीकरण भयो, सडकदेखि सदनसम्म बहस भए, प्रदर्शन भए । नागरिकमा भए÷नभएका हल्ला पुगेका छन् । यो पास वा फेलको टुङ्गो नलाग्दा दिनदिनै अन्योल बढ्दै गएको थियो तर अब यो पास भएपछि कम्तीमा अब के हुन्छ भन्ने द्विविधा हटेको छ । संसदबाट नै अनुमोदन भयो । एमसीसी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । उज्यालो अनलाईनबाट

Previous Post

पत्रकार भण्डारीद्धारा “सुशील शैक्षिक नामक अक्षयकोष” स्थापना

Next Post

निर्वाचन कार्यालय अछामद्धारा सरोकारवालासँग अन्तरक्रिया

Next Post

निर्वाचन कार्यालय अछामद्धारा सरोकारवालासँग अन्तरक्रिया

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    3573 shares
    Share 1429 Tweet 893
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3279 shares
    Share 1312 Tweet 820
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3114 shares
    Share 1246 Tweet 779
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    2918 shares
    Share 1167 Tweet 730
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2349 shares
    Share 940 Tweet 587
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2215 shares
    Share 886 Tweet 554
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2055 shares
    Share 822 Tweet 514
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2023 shares
    Share 809 Tweet 506

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद । 

सुदूर दर्पण मिडिया प्रा.लि.

दर्ता नंः २३३५१८/०७६/७७

सुचना विभाग दर्ता नः Comming Soon

प्रेस काउन्सिल दर्ता नः Comming Soon

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक : चन्द्र प्रसाद भाट (दृष्टि)

सम्पादक : 

संम्वाददाता   : 

अतिथि सम्पादक :

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal