सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

उचित समयमा पानी र हिमपात : हिउँदे खेती फस्टाउने किसानको अपेक्षा

Sudur Darpan by Sudur Darpan
February 7, 2022
in Highlights, कृषि, समाचार
0
Foto By : Kamal rawal

Foto By : Kamal rawal

25
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,माघ २४,अछाम । यसपाली समय समयमा पानी पर्नेक्रम जारी भएपछि अछामका किसानहरु हिउँदे खेति फस्टाउने भन्दै हर्षित भएका छन । विगतका बर्षहरुमा पानी अभाबका कारण किसानहरुले लगाएको हिउँदेबाली सुक्ने अवस्थामा पुगेको स्मरण गर्दै किसानहरु यसपाली भने हिउँदे बालीलाई आवश्यक पर्ने पानी प्रयाप्त मात्रामा पुगेकाले यस बर्षको हिउँदे बाली फस्टाउने आसामा अछामका किसानहरु बसेका छन ।

पानीको पहुँच कम रहेका जमिनहरुमा पनि यसबर्ष खेति फस्टाउने क्रममा छ । पटक पटकको बर्षातले आफु लगाएत अन्य किसानहरुले लगाएका हिउँदे बालीबाट प्रयाप्त मात्रामा उब्जनी हुने भन्दै मंगलसेन नगरपालिका वडा नः ७ का अगुवा कृषक दुर्गा प्रसाद ढुंगानाले खुसि ब्यक्त गर्नुभयो ।

आफु लगाएत अन्य किसान दाजुभाईहरुले लगाएको हिँउदे बाली तथा तरकारी खेतिलाई समय समयमा भएको बर्षाका कारण फाईदा पुग्ने र उत्पादन पनि बिगतका बर्ष भन्दा बढि नै हुने भन्दै ढुंगानाले खुसि ब्यक्त गरेका हुन ।

उनले भने,पहिलेका बर्षहरुमा पानी अभावका कारण खेतीबाली,तरकारी खेति,फलफुल खेति सुकेर नष्ट हुन्थ्यो,अहिले प्रयाप्त मात्रामा पानी परिरहेकाले उत्पादन पनि बृद्धि हुने देखिन्छ ।

यसमा किसानहरुलाई थप कृषि पेशामा आकर्षित बनाउनका लागी स्थानिय सरकार र कृषि ज्ञान केन्द्र अछामले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै मंगलसेन नगरपालिका वडा नः ६ का किसान देवि प्रसाद भण्डारीले यस बर्षको लगातारको बर्षाले किसानहरुलाई ठुलो राहात पुगेको बताउनुभयो । विगतका बर्षहरुमा पानीको अभावमा सुकेर जाने किसानहरुको अन्नबाली यस बर्षभने प्रयाप्त पानीका कारण अन्नबाली तथा तरकारी खेतिको उत्पादन पनि बृद्धि हुने उहाँको भनाई छ ।

माघ महिनाको अन्तिम साता उच्च पहाडी तथा हिमाली भेगमा भएको हिमपात र बेसितिर परेको बर्षातको पानीले किसानहरुलाई थप राहात महसुस भएको भण्डारीको भनाई छ ।

अहिले भएको अत्यधिक हिमपात र बर्षातका कारण आफुले लगाएको अन्नबाली उत्पादनमा बृद्धि हुने उहाँले अपेक्षा गर्नुभयो । अबको २/३ महिनासम्म पनि बर्षा नभएपनि हिँउदे खेतिलाई त्यति असर नपर्ने उनको अनुमान छ ।

Previous Post

स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने

Next Post

निर्वाचन आयोगलाई चुनावको चटारो : कार्यतालिका सार्वजनिक गर्ने तयारी

Next Post

निर्वाचन आयोगलाई चुनावको चटारो : कार्यतालिका सार्वजनिक गर्ने तयारी

Discussion about this post

फेसबुकमा हामी

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    3573 shares
    Share 1429 Tweet 893
  • बेपत्ता तिमिल्सैनाको खोजि गर्न भन्दै यातायात सहित गैरीटाँड बजार बन्द,एकजना मृत भेटिए

    3279 shares
    Share 1312 Tweet 820
  • अछामको ठुलासैनमा एक महिला मृत अवस्थामा फेला

    3114 shares
    Share 1246 Tweet 779
  • अछामका १२ सडक योजना देउबा सरकारद्धारा खारेज (सुचिसहित)

    2918 shares
    Share 1167 Tweet 730
  • भारतमा पानीको तलाउमा डुबेर अछामको कमलबजारका एक युवकको मृत्यु

    2349 shares
    Share 940 Tweet 587
  • बेपत्ता तिमिल्सैनाको शब १४ दिनपछि गैरीटाँड बजार नजिकै बाँसघारीमा भेटियो

    2215 shares
    Share 886 Tweet 554
  • पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

    2055 shares
    Share 822 Tweet 514
  • ढाँकुमा बाघको छालासहित एकजना पक्राउ

    2023 shares
    Share 809 Tweet 506

हाम्रो बारेमा

याे सुदूर दर्पण मिडिया प्रा.लि. ले सञ्चालन गरेकाे डिजिटल अनलाइन पत्रिका हाे । समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचारका लागी हामी तपाई माँझ उपस्थित भएका छौँ । साथै यहाँहरुको अमूल्य सुझाव,सल्लाह,प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद । 

सुदूर दर्पण मिडिया प्रा.लि.

दर्ता नंः २३३५१८/०७६/७७

सुचना विभाग दर्ता नः Comming Soon

प्रेस काउन्सिल दर्ता नः Comming Soon

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक : चन्द्र प्रसाद भाट (दृष्टि)

सम्पादक : 

संम्वाददाता   : 

अतिथि सम्पादक :

 

सम्पर्क

सुदूर दर्पण मिडिया प्राईभेट लिमिटेड

कमलबजार नगरपालिका – ०२  कमलबजार,अछाम

बिज्ञापनको लागि सम्पर्क : 9865769025,9742386952

Email : sudurdarpan100@gmail.com

© 2021 Surdur Darpan | Designed by WebPal

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2021 Surdur Darpan | Designed by WebPal