सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

५० प्रतिशत अनुदानमा तरकारी तथा फलफुलका बिउबिजन बितरण

Sudur Darpan by Sudur Darpan
February 19, 2021
in Highlights
0
५० प्रतिशत अनुदानमा तरकारी तथा फलफुलका बिउबिजन बितरण

Photo By Sudurdarpan.com

0
SHARES
94
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,फागुन ७,अछाम : अछामको मंगलसेन नगरपालिकाले कृषकहरुलाई कृषि पेशामा आकर्षण गराउनका लागी ५० प्रतिशत अनुदानमा तरकारी तथा फलफुलका बिउबिजन बितरण गर्ने कार्यलाई तिब्रता दिएको छ ।

नगर क्षेत्रका जनतालाई ५० प्रतिशत अनुदानमा बिउबिजन उपलब्ध गराइरहेको कृषि बिकास शाखामा कार्यरत तर्क कुमार भुलले  जानकारी दिनुभयो । माघ महिनाबाट सुरुवात गरीएको कायक्रम अहिले पनि सञ्चालनमा छ ।

कृषकहरुलाई कृषि बिकास शाखाले डल्ले खुर्सानी,काँक्रा,भण्टा,सिमि,मुला लगाएतका बिउबिजनहरु बितरण गरीरहेको पनि भुलले बताउनुभयो ।

नगरका केहि वडाहरु नगरपालिकाको केन्द्र भन्दा निकै बिकट रहेकाले पनि त्यहाँका जनतालाई सहज होस भन्ने उदेश्यले सम्बन्धित वडाहरुमा नै कषि प्राबिधिकहरु खटाई उनिहरुको माग संकलन गरी बिउबिजन बितरण गरीरहेको बताउनुभयो ।

एक प्याकेट बिउका लागी सयौँ रुपैया खर्च गरेर मंगलसेन पुग्नुपर्ने किशानको समस्यालाई ध्यानमा राखि आफ्ना प्राबिधिकहरुले संकलन गरेको माग फारम अनुसार वडामा नै बिउबिजन पठाइने गरीएको समेत भुलको भनाई छ ।

नगरपालिकामा सबै किसानहरु एकै हैसियतका नभएकाले कमजोर स्थितिका किसानलाई प्राथमिकतामा राखि बितरण कार्य अगाडी बढाइएको पनि उनको भनाई छ नगरपालिकाले अनुदानमा बितरण गर्न थालेपछि अहिले बिउ लिनका लागी नगरपालिकामा पनि पुग्ने कृषकहरुको संख्यामा बृद्धि भएको पनि उहाँले बताउनुभयो ।

केहि समय पहिले यसै कार्यक्रम अन्तरगत नगरपालिकाले बिउबिजन शतप्रतिशत अनुदानमा बितरण गरेको भएपन त्यसको प्रयोग र उत्पादनमा किसानहरुले जोड नदिएको पाईएपछि अहिले ५० प्रतिशत किसान आफैले तिर्ने ब्यवस्था गरीएको पनि उहाँले जानकारी दिनुभयो ।

पहिले आफुले पैसा नतिरेको भनि नलगाउने किसानहरु अहिले आधा पैसा आफैले तिर्न थालेपछि बिउबिजनको दुरुपयोग नभएको पनि उनले बताए । बिउबिजन बितरण गरीसकेपछि त्यसको अनुगमन हुन्छ की हुँदैन भन्ने हाम्रो प्रश्नको जवाफ दिनुहुँदै उहाँले भन्नुभयो नगरपालिका बाट बितरण गरीएका बिउबिजनहरुको प्रभाबकारी अनुगमनका लागी नगरपालिकाले पहल गरीरहेको पनि उहाँले बताउनुभयो ।

बितरण गरीएका बिउबिजनको दुरुपयोग नहोस भन्नका लागी अनुगमन पनि गरीरहेको उन बताए । साथै नगरपालिकाले नगरका जनतालाई अनुदानमा बिउ उपलब्ध गराउँदा कृषकहरु पनि खुसि भएका छन । बजारमा बिउबिजन किन्न महँगो पर्ने भएकाले नगरपालिकाले आधा मुल्यमा दिएको भन्दै कृषकहरु पनि हर्षित भएका छन ।  कृषि बिकास शाखाले आगामी दिनहरुमा पनि सहुलिएत मूल्यमा बिउबिजनहरु बितरण गर्नका लागी पनि उनिहरुले आग्रह गरेका छन ।

Previous Post

जनताका बास्तबिक समस्यालाई समाधान गर्छुँ : डियसपी अर्याल

Next Post

निर्वाचन आचारसंहिता कार्यन्वयनमा सबैले सहयोग गरौँ

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
निर्वाचन आचारसंहिता कार्यन्वयनमा सबैले सहयोग गरौँ

निर्वाचन आचारसंहिता कार्यन्वयनमा सबैले सहयोग गरौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.