टेक बहादुर थापा,पौष २५ अछाम- नेपाली काग्रेसका केन्द्रिय सदस्य बद्रि पाण्डेले वर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेर संविधानको खिल्ली उडाएको आरोप लगाउनु भएको छ ।
प्रधानन्त्रीको यो कदमले देशलाई बर्वादी तर्फ अघि बढाएको बताउदै यो कदमका बिरुद्ध आम सचेत नागरिकले विरोध गर्नुपर्ने बताउनुभयो ।
नेपाली काग्रेस ढकारीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै युवा नेता पाण्डेले संविधानको कुनैपनि धारामा उल्लेख नभएको कुरालाई टेकेर प्रधानमन्त्री वलीले गतल कदम चालेकाले यसले देश र जनतालाई कुनैपनी ढंगबाट फाईदा नहुने बताउनुभयो ।
नेपालको संविधान लिखित संविधान भएकाले संविधानको अपमान गर्ने अधिकार कसैलाई नभएको नेता पाण्डेको भनाई छ । हाम्रो संविधान लिखित संविधान हो,यो भन्दा बाहिर गएर कामगर्ने छुट कसैलाइ छैन यो प्रधानमन्त्रीको तरीका हो ? नेता पाण्डेले भने ।
संसद विघटन हुनुमा ओली मात्रै जिम्मेवार नभई प्रचण्ड र माधवपनि उतिकै दोसी भएको उहाको आरोप छ । कम्युनिष्टका ठुला नेता भनाउदाहरुले पार्टि भित्रको आन्तरिक झगडा मिलाउन नसक्दा देशले ठुलो क्षती बेहोर्नुपरेकाले संसद पुनस्थापना हुने विश्वाश ब्यक्त गर्नुभयो ।
कम्युनिष्ट पार्टिबाट सार्वजनिक पद धारण गरेका ब्यक्तिहरु आफ्नो पदिय मर्यादा भित्र बस्न नसकेको भन्दै जति ठुलो पदमा गएपनि आफ्नो असली रुप देखाउने गरेको आरोप लगाउनु भयो ।