बसन्ती शाही ,अछाम । ढकारी गाऊँपालिका वडा नं २ का २७ बर्षिया क्यान्सर पिडित रमेश बयकको उपचारका लागि त्रीवेणी युवा क्लबले १ लाख २ हजार २ सय ७८ रुपैया आर्थिक सहयोग संकलन गरि क्यान्सर पिडित रमेश बयकका अंकल गगन बयक लाई रकम हस्तान्तरण गरिएकाे छ ।
बिगत लामाे समयदेखि भारतकाे हैदराबादमा उपचारारत क्यान्सर पिडित रमेश बयकलाई बचाउनका लागि त्रिवेणी यूवा क्लबका अध्यक्ष भिमेश रिमालकाे संयाेजकत्वमा क्यान्सर पिडित रमेश बयक बचाउ अभियान थालिएकाे थियाे ।
अाज त्रिवेणी यूवा क्लबका अध्यक्ष भिमेश रिमालकाे अध्यक्षतामा भएकाे सहयाेग रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि ढकारी गाऊँपालिका वडा नं ४ का वडा अध्यक्ष तथा ढकारी गाऊँपालिका कार्यबाहक अध्यक्ष भक्त बहादुर बुढा रहनु भएकाे थियाे । प्रमुख अतिथिकाे अासन बाट बाेल्दै अध्यक्ष बुढाले दिनरात नभनि सामाजिक कार्यमा सक्रिय रहेकाे भन्दै त्रिवेणी यूवा क्लबकाे सफलताको कामना गर्दै क्यान्सर पिडित बयककाे सिघ्र स्वास्थलाभकाे कामना गर्नु भयाे ।
यस्तै विशिष्ट अतिथिमा ढकारी गा पा का निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाट रहनु भएको थियो अतिथिमा ढकारी गा पा याेजना अधिकृत जगत बहादुर सिंह र नेकपा ढकारी गाउँ संगठन कमिटीका अध्यक्ष धर्म बहादुर शाहीले अतिथिकाे अासनबाट बाेल्दै क्यान्सर पिडित बयककाे सिघ्र स्वास्थ्यलाभकाे कामना गर्नु भयाे ।
त्रिवेणी यूवा क्लबका उपाध्यक्ष प्रेम रिमालकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ढकारी गा पा का प्रशासकीय सहायक लाेकेन्द्र बाेगटि गाउँ पालिकाका सब ईन्जिनियर तपेन्द्र रावल गा पा का पशु सेवा साखा प्रमुख नृप भण्डारी त्रिवेणी यूवा क्लबका उपाध्यक्ष रमला कुमारी थापा त्रिवेणी यूवा क्लबका प्रेस संयोजक भरत बहादुर बुढा उक्त क्लबका सदस्य पहल थापा, सर्प नेपाली लगायतकाे सहभागिता रहेकाे थियाे । साेही कार्यक्रमकाे सञ्चालन त्रिवेणी यूवा क्लबका सचिब ईन्द्र जित थापाले गर्नु भएको थियाे भने समापन त्रिवेणी यूवा क्लबका अध्यक्ष भिमेश रिमालले गर्नु भएकाे थियाे ।