चन्द्र प्रसाद भाट,अछाम : डिभिजन वन कार्यालय अछामले जिल्लास्थित बिभिन्न संचार माध्ययममा कार्यरत पत्रकारहरु संग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा पछिल्लो समय निजि तथा सामूदायिक वनहरुमा भैरहेको बिनास,आगलागी,र अन्य प्रकृतिका घटनाहरु बढ्न थालेकाले यसको नियन्त्रणका लागी संचारमाध्ययमको भूमिकिा महत्वपूर्ण हुने भएकाले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको कार्यालय प्रमुख नारायण देव भट्टराईले जानकारी दिनुभयो । वन संरक्षणको अधिकार स्थानिय सरकारमा गैसकेको बताउँदै उहाँले स्थानिय सरकारले पनि बन संरक्षणमा ध्यान दिनुपर्ने बताए ।
डिभिजन वन कार्यालय अछामका प्रमुख नारायण देव भट्टराईले अछाम जिल्लाका ४ सय ६ वटा सामुदायीक वनहरु समुदायमा हस्तान्तरण भईसकेका जानकारी गराउनु भएको छ । जिल्लाका ४८ हजार घरधुरी रहेकोमा सबै घरधुरी सामुदायिक बनमा आवद्ध रहेको उहाले बताउनुभयो । वन संरक्षणमा स्थानीय आफै सक्रिय भएकाले सबै वनहरु समुदायमा हस्तान्तरण गरी सकिएको जानकारी गराउँदै केही बनहरु मात्रै कबुलियती वनको रुपमा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय प्रमुख भट्टराईले पछिल्लो समयमा राज्यले कानुनी अधिकार सामुदायीक बनहरुलाई दिएको बताउनु भएको छ । सामुदायीक वनहरु स्वायत्त अधिकार प्राप्त संस्था भएकाले वन सम्बन्धी आवश्यक नियम कानुनहरु सामुदायीक बनहरुले आफ्नो परिवेश सुहाउदो नियम कानुन बनाउन सक्ने भन्दै आफ्नो अधिकार भरपुर प्रयोग गर्न सामुदायीक बनहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
सामुदायीक वनको संरक्षणका साथै यसबाट आम उपभोक्ताले फाईदा पनि लिनुपर्ने प्रमुख भट्टराईको भनाई छ । वनबाट लाभ लिनकै लागि संरक्षण गरिने भएकाले यसबाट लाभलिन समेत सुझाव दिनुभएको छ ।
पछिल्लो समयमा सामुदायीक वनहरुबाट काठ तथा वन्यजन्तु चोरी निकासी गरेको खबर आएकाले यस तर्फ डिभिजन वन कार्यालय सचेत रहेको बताउनुभएको छ ।
आफ्नो कार्यालयले यसलाई मसिनो ढंगबाट अनुगमन गरिरहेकाले अब चाँडै यस्ता अपराधिहरुलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडि बढाउने चेतावनी दिनुभएको छ ।
जंगली जनावरले सामुदायीक बनका उपभोक्ताहरुलाई निकै दुख्ख दिईरहेकाले आफ्नो सुरक्षाको लागि जंगली जनावर मार्न सकिने प्रमुख भट्टराईले बताउनुभएको छ ।
सामुदायीक वनभित्रै गएर जंगली जनावर मारेमा कडा कार्बाही गरिने तर किसानको घरवरिपरि खेतीयोग्य जमिनमा आएर दुःख दिएको खण्डमा आवश्यक प्रकृया पु¥याई जंगली जनावर मार्न सकिने र यसबाट भएको क्षति समेत किसानलाई उपलब्ध गराईने बताउनुभयो ।
पछिल्लो समयमा जंगली जनावरको आक्रमणबाट धेरै ब्यक्तिको ज्यान जाने गरेकाले जंगलमा जादा बढि सजगता अपाउन उहाँले सुझाव दिनुभएको छ । जंगलमा जाँदा बढि चमक दिने कपडाको प्रयोग नगर्न समेत अनुरोध गर्नुभएको छ ।