सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

माधव नेपालले भने,अब एमाले दुई वटा भयो

Sudur Darpan by Sudur Darpan
March 13, 2021
in Highlights, राजनीति
0
माधव नेपालले भने,अब एमाले दुई वटा भयो
0
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ :  नेपाल कम्युनिस्ट पार्टी [एमाले] को माधव कुमार नेपाल पक्षले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ ।

पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र योबीचमा पार्टी अध्यक्ष केपी ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ ।

शनिबार बसेको नेपाल पक्षको संसदसहितको केन्द्रीय समिति बैठकमा ओलीले शुक्रबार चालेको कदमपछि उत्पन्न परिस्थितिका विषयमा गम्भीर छलफल भएको थियो ।

छलफलका क्रममा नेपाल पक्षका सांसदसहित केन्द्रीय सदस्यहरुले ओली प्रवृत्तिविरुद्ध लड्न आफूहरु तयार रहेको भन्दै सांसद पद गुमे पनि केही फरक नपर्ने धारणा राखेका थिए ।

उसो त बैठकले ओलीले शुक्रबार एकपक्षीय रुपमा प्रदेश संयोजक तोकेपछि समानान्तर कमिटीको अभ्यास समेत गरिसकेको छ ।

जसअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, प्रदेश ३ को अष्टलक्ष्मी शाक्यलाई, प्रदेश ४ को जिम्मा सुरेन्द्र पाण्डेलाई, ५ र ६ को जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिइएको छ ।

माधव नेपालले भने–पार्टी दुई भयो
बैठकपछि सञ्चारकर्मीहरूसँग अनौपचारिक छलफलका क्रममा वरिष्ठ नेता माधव कुमार नेपालले अब ओलीसँग फर्किने कुनै सम्भावना नरहेको भन्दै पार्टी विभाजनतिर पुगेको बताए ।

अब ओलीसँग फर्किने सम्भावना छैन । फागुन ७ मा ओलीले बोलाएको बैठकमा पनि गइन्न’, नेपालले भने, ‘जेठ २ गते एमालेको जुन संरचना थियो । त्यो तलमाथि हुनुभएन ।

अब अलग अलग ढंगले जान्छौं ।’देशभरबाट नेता कार्यकर्ताले आफूहरुलाई साथ दिने बचन दिएको उल्लेख गर्दै नेपालले ग्राउण्ड लेबलसम्म आफूहरुको पक्षमा माहोल रहेको पनि दावी गरे ।

‘सांसदहरुले लोगो छुटाउन तयार छौं तर साथ छाड्दैनौँ भनेर भन्नु भएको छ । आज पनि केन्द्रीय समिति बैठकमा ४० सांसद उपस्थित हुनुभयो’, नेपालले भने, ‘ चमत्कार नै भएमात्रै नत्र ओलीसँग अब सहकार्य हुँदैन ।’

उनले एमालेको मूलधार आफूहरु नै भएको दावी गर्दै अब वृहत बाम एकताको पहल थालिने पनि बताए । अहिले नै आफूसहित झलनाथ खनाल सँगसँगै हुँदै गर्दा वामदेव गौतमपनि यो अभियानमा सहभागी हुने उनको विश्वास छ ।

‘जेएन खनाल सँगै हुनुहुन्छ, वामदेवजी पनि यही आउनुहुन्छ । एमालेका बहुमत नेता कार्यकर्ता हाम्रै पक्षमा हुनुहुन्छ’, नेपालले भने।

उनले आफूहरुले नेतृत्व गरेको एमालेमा मोहनविक्रम सिंहदेखि विप्लव सम्मलाई समेट्न सकिने गरी लागिने उल्लेख गर्दै यसमा लागिपर्ने बताए ।

ओलीले वास्तै गरेनन्
सर्वोच्चको फैसलासँगै एमाले ब्यूँतिएपछि पनि ओलीले सम्बन्ध सुधारमा कुनै पहल नगरेको नेपालले आक्रोश पोखे । ‘सर्वोच्चले फैसला गरिसकेपछि केपी ओलीले फोन गरेर छलफल गर्नुहुन्छ भन्ने अपेक्षा थियो । उल्टै हिजो जसरी निर्णय गर्नुभयो लगभग सहमतिको बाटो बन्द भएको छ’, उनले भने ।

उसो त प्रधानमन्त्री ओलीले नेपालको कडा आलोचना गर्न छाडेका छैनन् । शनिबार आयोजित एक कार्यक्रममा नेपाल र खनालको नाम नलिई उनले भने,‘केही साथीहरु केपी ओलीलाई ठेगान लगाउन एमाले फर्कन्छौं भनिरहनु भएको छ, म भन्छुु – खुुट्टी देख्दै चाल पाइयो ।

देश बनाउन, पार्टी चलाउन, काम गर्न आउनुस्, सच्चिएर आउनुस्, स्वागत छ । केपी ओलीलाई ठेगान लगाउन आउनुुभयो भने तपाईको खुुट्टामा बाटोमै ठेस लाग्छ ।’

दुुई तिहाई बहुमत प्राप्त पार्टी भत्काएर टालाटुलीको सरकार बनाउन केही व्यक्तिहरु कुदेका कारण आजको अवस्था निम्तिएको उनले बताए । माधव नेपालमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘बाटो–बाटोमा अध्यक्षको पकडी बाधेर हिंड्ने ?

मलाई त पार्टीको अध्यक्षमात्रै होइन । साधारण सदस्यबाटै निकालेका थिए । यिनीहरुले सकेदेखि के गर्ने रहेछन् रु’ ओलीले भने ।

नेपाललाई कारबाहीको चेतावनी
यसैबीच ओलीले ७ गतेको बैठकमा उपस्थित नभए माधव नेपाल लगायतलाई विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘केही साथीहरु पेरिस डाँडाबाट रुवावासी गर्दै बिदावारी भएर हिंड्नुुभएको थियो रे । अर्याल होटलमा एक दुुई रात बास बस्नुभएको भन्ने सुनियो ।

प्रशस्त समय रहोस् भने चैत ७ गते बैठक बोलाएको छुु, टेलिभिजनबाटै बोलेपछि सुनिन भन्न पाइने छैन । २०७७ साल चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छुु । केन्द्रीय कमिटीका सदस्यहरु आउनु होला । अनुुपस्थित रहदैं जानुुभयो भने विधानको व्यवस्थाअनुसार हुँदै जानेछ ।’

 

Previous Post

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

Next Post

अछाम कहिले देखि आसाम र अच्छाम ?

Related Posts

टी–ट्वान्टी क्रिकेट : कुशल र आसिफ चम्किदा नेदरल्यान्ड्स पराजित
Highlights

टी–ट्वान्टी क्रिकेट : कुशल र आसिफ चम्किदा नेदरल्यान्ड्स पराजित

by Sudur Darpan
April 17, 2021
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाममा ७१ बिद्यालय छनौट
Highlights

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाममा ७१ बिद्यालय छनौट

by Sudur Darpan
April 15, 2021
भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारको आग्रह
Highlights

भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रममा सावधानी अपनाउन सरकारको आग्रह

by Sudur Darpan
April 15, 2021
अछाममा अनुदानको आयोडिनयूक्त नुनमा कालोबजारी
Highlights

अछाममा अनुदानको आयोडिनयूक्त नुनमा कालोबजारी

by Sudur Darpan
April 12, 2021
Next Post
समन्वय नै मुख्य बिषय रहन्छ : सिडियो मल्ल

अछाम कहिले देखि आसाम र अच्छाम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • आमाले चार छोराछोरीसहित कर्णाली नदिमा हाम फालिन् : दुई छोरीको शव भेटियो,आमासहित तीन अझैँ बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • ट्याक्टरको ठक्करबाट देउबाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • अछाम कहिले देखि आसाम र अच्छाम ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.