सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

मंगलसेन र चौरपाटीमा खाद्यान्न र सरसफाई सामाग्री वितरण

Sudur Darpan by Sudur Darpan
November 12, 2020
in Highlights
0
मंगलसेन र चौरपाटीमा खाद्यान्न र सरसफाई सामाग्री वितरण
0
SHARES
81
VIEWS
Share on FacebookShare on Twitter

कमल रावल, कात्तिक २७ अछाम। कार्यमुलक साक्षरता कक्षाका सहभागीहरुका लागि राहत बितरण कार्यक्रम जिल्लाको मंगलसेन नगरपालीका र चौरपाटि गाउपालिकाका थुप्रै वडामा सम्पन्न भएको छ ।

वाक नेपाल र यूनेस्कोको साझेदारीमा संचालित कार्यमूलक साक्षरता कक्षामा सहभागी भएका किशोरी तथा यूवा महिलाहरुलाई राहत स्वरुप खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरिएको हो । मंगलसेन नगरपालीका ४ र चौरपाटी गाउपालीका २ वडा गरि ६ वडाका १ सय ६१ किशोरी तथा यूवा महिलाहरुलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग गरिएको हो ।

कोरोना भाईरस (कोभिड १९ ) का कारण बिशेष गरि किशोरी तथा यूवा महिलाहरुमा उत्पन्न खाद्य संकट तथा सरफाईको जोखिम लाई न्यूनिकरण गर्ने उदेश्यका साथ कार्यमूलक साक्षरता कक्षामा सहभागिहरु लाई खाद्यान्न र सरसफाइका सामाग्री सहयोग गरिएको वाक नेपालले जनाएको छ ।

राहत स्वरुप प्रत्येक ठाउमा प्रति ब्यक्ति ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नुन, २ किलो चिनी, २ लिटर तेल, साबुन ६ पिस, सर्जिकल मास्क २० पिस, स्यानेटरी प्याड २० पिस, ग्लोब्स लगायतका खाद्य तथा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ ।

मंगलसेन नगरपालीका वडा नम्बर १ मा भएको वितरण कार्यक्रमको अध्यक्षता वाक नेपालका अध्यक्ष मीन बहादुर कुवरले गर्नु भएको थियो भने प्रमुख अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा रहेका थिए ।  राहत बितरण गर्दै नगर प्रमुख बोहराले बिद्यालय बिमुख किसशोरिहरुलाई साक्षर बनाउन र बृहत् यौनिक शिक्षाका बारेमा जानकारी गराउनका साथै उनिहरुलाई राहत समेत बितरण गरेकामा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई नगर प्रमुख बोहराको आग्रह छ । कार्यक्रमका बिशिस्ट अतिथि वडा नम्बर १ का अध्यक्ष गोपाल थापाले वडामा ४२ जना किशोरिहरुलाई राहत बितरण गरेकोमा वाक नेपाललाई धन्यवाद ब्यक्त गर्नु भयो ।

कार्यक्रमको सञ्चालन वाक नेपालका कविराज जोशिले गर्नु भएको थियो ।

यता मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासेनमा भएको राहत वितरण कार्यक्रमको अध्यक्षता वाक नेपालका उपाध्यक्ष बल बहादुर केसीले गर्नु भएको हो भने प्रमुख अतिथी मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्याय रहनु भएको थियो । प्रमुख अतिथी उप प्रमुख उपाध्यायले शिक्षा, स्वास्थ्य र सरसफाईका कार्यमा जिम्मेवार हुन किशोरी तथा महिलाहरुलाई आग्रह गर्नु भयो ।

आगामी दिनमा समेत राहतका कार्यक्रम संस्था र स्थानिय सरकारको सहयोगमा निरन्तर जारी रहने बताउनु भयो । वडा अध्यक्ष जनकराज भण्डारी विशिष्ट अतिथी रहनु भएको कार्यक्रममा वडा सदस्य, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन वाक नेपालका कार्यक्रम संयोजक हरिशचन्द रावलले गर्नुभएको थियो ।

आजै राहत वितरण कार्यक्रम मंगलसेन नगरपालीका वडा नम्बर १२ बान्नातोली, वडा नम्बर १३ बस्ती, चौरपाटी गाउपालीका वडा नम्बर ६ दुनी, वडा नम्बर ७ मार्कुमा समेत सम्पन्न भएको वाक नेपाल अछामले जनाएको छ ।

Previous Post

बुटवलमा मुख्यमन्त्री सवार गाडीमाथि ढुंगा प्रहार

Next Post

कक्षा १२ को परीक्षा तयारी पुरा,ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह

Related Posts

भुकम्प प्रतिरोधि घर निर्माणमा अछामका महिला सक्रिय
Highlights

भुकम्प प्रतिरोधि घर निर्माणमा अछामका महिला सक्रिय

by Sudur Darpan
March 2, 2021
वातावरणिय प्रभाव मुल्यांकन अध्ययनको सार्वजनिक सुनुवाई सम्पन्न
Highlights

वातावरणिय प्रभाव मुल्यांकन अध्ययनको सार्वजनिक सुनुवाई सम्पन्न

by Sudur Darpan
March 2, 2021
अछाममा खुल्ला दिशामुक्त अभियान कार्यान्वयन गर्न सरकारी कार्यालयहरु बाटै अटेरी ( भिडियो)
Highlights

अछाममा खुल्ला दिशामुक्त अभियान कार्यान्वयन गर्न सरकारी कार्यालयहरु बाटै अटेरी ( भिडियो)

by Sudur Darpan
March 2, 2021
छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने
Highlights

आफ्नै बिद्यार्थीमाथी यौन दुर्व्यवहार गर्ने शिक्षकलाई यस्तो कारबाही हुने

by Sudur Darpan
March 1, 2021
Next Post
कक्षा १२ को परीक्षा तयारी पुरा,ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह

कक्षा १२ को परीक्षा तयारी पुरा,ढुक्क भएर परीक्षा दिन सरकारको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    छात्रामाथी यौन दुर्व्यवहार गर्ने शिक्षक कुँवरलाई कारबाही गरीने

    0 shares
    Share 0 Tweet 0
  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • अछाममा जीप दुर्घटना,२ जनाको अवस्था मध्यम : अछाम प्रहरी

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.