अछाम । क्वारेन्टाइन मै बच्चा जन्माएकि मंगलसेन नगरपालिका १ कि रुविना थापालाई मंगलसेन नगरपालिकाले सुत्केरि कोषेलि उपलब्ध गराएको छ ।
बुधबार क्वारेन्टाइन मै छोरिलाई जन्म दिएकि थापालाई नगर उपप्रमुख सरिता उपाध्यायले वडानम्वर १ का अध्यक्ष गोपाल थापा मार्फत अत्यावश्यक स्वास्थ्य सामग्रि सहित घ्यु, तेल, सुत्केरी मसला लगायत पोषिलो खानेकुरा, सुत्केरि महिला र नवजात शिशुलाई लुगा कपडा सहितको सुत्केरी कोषेलि उपलब्ध गराउनुभयको हो ।
नगर उपप्रमुख उपाध्यायले सुत्केरी महिला थापाका लागि रेडक्रस मार्फत उपलब्ध भएको लुगा, सरसफाइ सामग्री लगायतको कोषेलिको पोका समेत वडा अध्यक्ष मार्फत पठाउनुभएको छ ।
क्वारेन्टाइन मा सुत्केरी भएकि महिलालाई प्रोत्साहन स्वरुप नगरपालिकाले कोषेलि पठाएको उपप्रमुख उपाध्यायको भनाइ छ । क्वारेन्टाइन वस्ने महिलाहरुका दुख र समस्यालाई मध्यनजर गर्दै नगरपालिका बाट महिनावारी उमेरका महिलालाई सेनेटरि प्याड समेत उपलब्ध गराईरहेको उहाको भनाइ छ ।
जस अन्तरगत वडानम्वर १ क विभिन्न क्वारेन्टाइन बसेका १९ जना महिलाहरुका लागि ३८ थान सेनेटरि प्याड वडा अध्यक्ष गोपाल थापा मार्फत पठाईएको छ । यस्तै वडानम्वर ३ का विभिन्न क्वारेन्टाइनमा १२ जना महिलालाई २र२ वटाका दरले सेनेटरि प्याड उपलब्ध गराईएको छ ।
नगर उपप्रमुख उपाध्याय सहितको टोलिले वडानम्वर ३ को शिवनिवास प्रावि तिखडा र सन्त निरंकारि भवनको क्वारेन्टाइनमा वसेका महिलाहरूलाई क्वारेन्टाइन मै पुगेर सेनेटरि प्याड वितरण गरियको हो ।
शिवनिवासमा रहेका ३ जना र संत निरंकारि भवनका ४ जनालाई सेनेटरि प्याड बितरण गरिएको जनाईको छ । बाँकि महिलाहरुका लागि क्वारेन्टाइन मै उपलब्ध गराउनका लागि वडा अध्यक्ष पदमसिंह भाटलाई हस्तान्तरण गरिएको छ ।
प्याड बितरणका लागि उपप्रमुख उपाध्याय सहित महिला तथा बालवालिका शाखा प्रमुख मञ्जु महत र स्वास्थ्य शाखा उपसंयोजक ज्ञानु माझिको सहभागिता रहेको नगरपालिका का यमआईयस अपरेटर होम बहादुर साउदले जानकारी दिनुभयो ।