सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

भुकम्पबाट बच्न आफै सचेत बनौँ : नगर प्रमुख बोहरा

Sudur Darpan by Sudur Darpan
January 15, 2021
in Highlights
0
भुकम्पबाट बच्न आफै सचेत बनौँ : नगर प्रमुख बोहरा

शान्ति बाटिका मंगलसेन

0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,माघ २ अछाम । मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले भुकम्पबाट हुने सम्भाबित जोखिमबाट सबैले सचेत हुनुपर्ने बताउनु भएको छ । सुदुर पहाड भुकम्पको उच्च जोखिममा रहेको बताउँदै नगरप्रमुख बोहराले यसबाट सबैले सुरक्षित रहनुपर्ने बताएका हुन ।

२३ औँ भुकम्प सुरक्षा दिवशका अवशरमा जिल्ला प्रशासन कार्यालयमा भएको एक कार्यक्रममा नगर प्रमुख बोहराले यस्तो बताएका हुन । हाम्रो ठाउँहरुमा भुकम्प प्रतिरोधि सँरचनाहरु नभएकाले जोखिम बढेको बताउनुभयो । पुस्तौ देखिका संरचनामा हामीले बसोबास गरीरहेकाले भुकम्पबाट हामी उच्च जोखिममा रहेको बताउनुभएको हो ।

२१ औँ सताब्दीमा पनि मानिसहरुको सोचाई पुरानै रहेकाले आफ्नो बिचार र ब्यवहार परीबर्तन गर्नु पहिलो आवश्यकता रहेको पनि उनको भनाइ छ । साथै नगरप्रमुख बोहराले भुकम्पबाट जोगिन र अब बन्ने संरचना भुकम्प प्रतिरोधि बनाउनका लागी साझा प्रतिबद्धता पनि जनाउनुभएको छ ।

कार्यक्रममा नेपालि काँग्रेस अछामका पार्टि उप–सभापति चन्द्र प्रसाद ढुंगानाले प्रकतिको मुख्य दोसि नै मानब भएको बताउनुभएको छ । बिभिन्न प्राकृतिक प्रकोपहरु बाट बच्नका लागी प्रकृतिको संरक्षणको साँटो बिनास गरीरहेका बताउनुभयो । पृथ्बिमा बस्ने मानिसहरु नै प्रकृतिका लागी हानीकारक रहेको बताए ।

जथाभाबि रुपमा प्लास्टिकजन्य बस्तुहरु जमिनमा जलाउँदा बायू प्रदुशणमा बृद्धि भई मानब स्वाथ्यमा नकारात्मक असरपर्ने पनि उहाँले बताउनुभयो । एकले अर्कोलाई आरोप लगाउने प्रबृतिले समस्या भएको भन्दै उहाँले हाम्रो समाजमा भएका बिकृतिहरुको जिम्मा देशका प्रधानमन्त्रीले नलिने बताउनुभयो ।

हामी आफै गैरजिम्मेवार बनेकाले झन समस्या थपिएको बताए । साथै भौतिक सरचना निमाण गर्दा सम्बन्धीत निकायले पनि ध्यान नदिनु र स्वयम ब्यक्ति पनि जिम्मेवार नबन्नुले समस्या भएको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले नागरीकहरुलाई कसरी सुरक्षित राख्ने भन्ने बिषयमा ध्यान दिनुपर्ने बताउनुभयो । यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने बिषयमा स्पस्ट्र कार्ययोजना सहित अघि बढ्न सके भुकम्पबाट सुरक्षित रहन सकिने उनको भनाइ थियो ।

यस्तै कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुँगानाले आफु बस्ने भौतिक संरचनाहरु बलियोे र भुकम्प रहित निर्माण गर्न सक्यौँ भने भुकम्पले केहि गर्न नसक्ने बताउनुभयो । साथै हामीले निर्माण गर्ने भौतिक संरचनाहरु भुकम्परहित नहुने हुनाले समस्या भएको उहाँको भनाई छ ।

पत्रकार मेनुका ढुंगानाले सिमित समयमा यस्ता बिषयमा कुरा चलाएर यसबाट बच्न नसकिने बताउनुभयो । बिद्यालयमा र्यालिहरु गरेर मात्र सुरक्षित नहुने भएकाले निरन्तर रुपमा यस सम्बन्धि सचेतना र बहस हुनुपर्ने बताउनु भयो । दिवश मनाउँदैमा यसबाट बच्न सकिन्छ भन्ने साँघुरो सोचका कारण पनि समस्या निम्तिरहेको भनाइ राख्नुभयो । यसबाट बच्नका लागी अछाम जिल्लामा पुर्ब तयारीका कार्यक्रमहरु अझै अगाडी बढ्न नसकेको बताउनुभयो ।

जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा नेपालि कांग्रेसका जिल्ला उप–सभापति चन्द्र प्रसाद ढुंगाना,नेकपाका जिल्ला कमिटि सदस्य भिम रावल,जिल्ला स्वस्थ्य कार्यालय अछामका बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुँगाना,जिल्ला अस्पतालका अध्यक्ष प्रभुनाथ खनाल,प्रहरी प्रमुख योगेन्द्र सिं थापा,NSSP प्रोजेक्टका पदाधिकारी,अन्य सरकारी कार्यालयका प्रतिनिधिह्रु,पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले गर्नुभएको थियो ।

Previous Post

पिसिआर प्रयोगशालाका लागी मंगलसेन नगरपालिकाको ५ लाख सहयोग

Next Post

जनताको बिकासका लागी मलाई पद चाहिँदैन : नेता बोगटी

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

जनताको बिकासका लागी मलाई पद चाहिँदैन : नेता बोगटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.