अछाम,मँसिर २८ । अछाममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका वडा नः ६ बिरपथ स्याउले निवासी नवराज भण्डारीको भिर बाट खसेर मृत्यू भएको हो ।
६५ बर्षिया भण्डारीको आज घाँस काट्ने क्रममा खसेर मृत्यु भएको मृतकका छोरा चेतराज भण्डारीले जानकारी दिनुभयो ।
आज बिहान करीब १० बजे सान्नेखोला भन्ने ठाउँमा घाँस काट्दै गर्दा खसेका भण्डारी लाई घरतिर ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको उनले जानकारी दिए् । मृतकको अन्तिम दाहसँस्कार भोलि मँसिर २९ गते सैनखेतमा गरीने बताईएको छ ।