सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

Sudur Darpan by Sudur Darpan
December 3, 2020
in Highlights
0
झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

फाइल फोटो

0
SHARES
741
VIEWS
Share on FacebookShare on Twitter

मंसिर १८,अछाम । प्रतिनिधि सभाका सदस्य एबम अछाम क्षेत्र न. २ का सांसद यज्ञ बहादुर बोगटीले अछाम क्षेत्र न. २ को बिकासका लागि आफू अहोरात्र खटिरहेको बताउनुभएको छ । अछाम क्षेत्र न. २ मा सबै क्षेत्रहरुको समग्र बिकासका लागि आफू लागिपरेको बताउनुभएको हो ।
नेपाल कम्न्युस्ट पार्टी नेकपा कमलबजार नगरपालिका वडा न १ वडा कमिटीको आयोजनामा भएको जनता भेटघाट कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद बोगटीले सो कुरा बताउनुभएको हो ।
जिल्लाको स्वास्थ्य क्षेत्रको बिकासका लागि भर्खरै मात्र विभिन्न पालिकामा स्वास्थ भवनको सिलान्यास गरीसकेको भन्दै छिट्टै नै भवन निर्माणको काम सम्पन्न हुने भन्दै जनताले उपचारको अभावले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने बिश्वास व्यक्त गर्नु भयो । साथै दक्ष चिकित्सकको ब्यवस्थापन पनि छिट्टै हुने बिश्वास दिलाउनु भयो ।
आफ्नो कार्यकाल भित्र अछाम क्षेत्र न. २ मा पुर्ण रूपमा बिधुतिकरण भैसक्ने बताउनु भयो । झोरो र टुकि बालेर जीवन निर्बाह गरीरहेका जनताको जिवनमा उज्यालो छर्ने प्रतिबद्धता जनाउनु भयो ।
साथै क्षेत्र न. २ का सबै बस्तिलाई सडक संजाल संग जोड्न लागिपरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर कमिटी ईन्चार्ज एबम जिल्ला सचिवालय सदस्य बल बहादुर कुँवरले नेपाली कांग्रेसले नेतृत्व गरीरहेको कमलबजार नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै नेपाली कांग्रेसले कमलबजार नगरपालिकामा बिकासको नाममा सिन्को समेत नभाँचेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

यस्तै जिल्ला सचिवालय सदस्य खड्क भण्डारीले जनताको समग्र बिकासका लागि ब्यक्तिगत स्वार्थमा नलागी इमानदारी रूपमा काम गर्नुपर्ने बताएका छ्न । प्रतिपक्षी दलले आफ्ना केही कार्यकर्ता पालनपोसणका लागि काम गरीरहेको आरोप लगाउनु भएको छ । नेकपा जनताकै पक्षमा काम गरीरहेको भन्दै उहाँले प्रतिपक्षी दलको झुटा आश्वासनका पछि नलाग्न अपिल गरेका छ्न ।

यसैबीच जिल्ला सचिवालय सदस्य दिपक प्रसाद अधिकारीले नेपाली कांग्रेसले जनतालाई झुट खेती गरि भ्रम फैलाईरहेको आरोप लगाउनु भएको छ । जनताको पक्षमा काम गर्नुको साँटो जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै परिबर्तन चाहाने हो भने नेकपाको विधि बिधानमा बिश्वास गर्न आग्रह गर्नुभयो ।

वडा कमिटी अध्यक्ष तपेन्द्र भण्डारीको अध्यक्षतामा भएको भेटघाट कार्यक्रमका अन्य अतिथिमा नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर कमिटी ईन्चार्ज बल बहादुर कुँवर,जिल्ला सचिवालय सदस्य दीपक प्रसाद अधिकारी,खडक भण्डारी,जिल्ला सल्लाहकार सदस्य प्रेम ढकाल,नगर कमिटी अध्यक्ष खेम जैसी,राष्ट्रिय स्वास्थकर्मी संघका केन्द्रिय सदस्य सिद्ध ढुंगाना,नेकपाका नगर कार्यालय सचिब प्रेम बहादुर बिस्ट,पत्रकार महाँसंघ अछामका कोसाध्यक्ष तथा रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगाएत नेकपाका नगर तथा वडा कमिटीका सदस्यहरु,नेपाल रास्टिय शिक्षक संगठनका उद्दब राज अधिकारी लगाएत नेकपामा आस्थावान नेता तथा कार्यकर्ता हरुको सहभागिता रहेको थियोे । कमल प्रसाद बजगाईको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन गोपाल बिस्टले गर्नुभएको थियो ।
कार्यक्रममा राप्रपा परित्याग गरि नगर कमिटीका अध्यक्ष ओमप्रकाश बजगाई लगाएत नेपाली काँग्रेस परीत्याग गरि १५ जना नेकपामा प्रवेश गरेका छन ।

Previous Post

अछाम अस्पताललाई ५० सैयाको रूपमा विकास गरीदै

Next Post

स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगाना कोरोना संक्रमित

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगाना कोरोना संक्रमित

स्वास्थ्य कार्यालय अछामका प्रमुख ढुंगाना कोरोना संक्रमित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.