चैत्र,१७ अछाम : चितवनमा निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागी अछाम जिल्लामा पनी आर्थिक रकम संकलनको अभियान थालिएको छ ।
सदरमुकाम मंगलसेनबाट नयाँ तारा कला सागर अछामको नेतृत्वमा सामाजिक अभियान्ता युवाले आर्थिक संकलनको थालनी गरेका हुन ।
धुर्मुस सुन्तली फाउण्डेसनद्धारा निर्माण हुन लागेको रंगशालाका लागी अध्यक्ष तथा कलाकार सिताराम कट्टेल धुर्मुसले मेची महाकाली आर्थिक संकलन अभियानको थालनी गरेपछी उहाँ अछाम पुगेपछी हस्तान्तरणका लागी आर्थिक संकलन अभियानको थालनी गरिएको हो ।
सदरमुकाम मंगलसेन बजारमा ब्यापारी, समाजसेवि, बुद्धिजीवीको सहयोगमा पहीलो दिन संकलन भएको १८ हजार ४ सय १० रुपैया सार्वजनिक गरिएको छ छ ।
पहीलो दिनको रकममा सबैभन्दा बढी सागर डिजिटल एण्ड फोटो स्टुेडियोबाट १ हजार ५ सय, हिमाल ट्रेडर्स एण्ड सप्लायर्सबाट १ हजार ५ रुपैया संकलन भएको समाजिक अभियान्ता तथा आर्थिक संकलन अभियानका संयोजक रिदम बिसिले जानकारी दिनु भयो ।