चन्द्र प्रसाद भाट,फागुन १४ अछाम : अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय धादिङ सरुवा हुनुभएको छ । सरकारले ३१ जिल्लाका सिडियो सहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा गर्दा अछामका प्रमुख जिल्ला अधिकारी उपाध्याय पनि सरुवाको सुचिमा पर्नुभएको हो ।
उपाध्याय धादिङमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा हुनुभएको हो । उपाध्याय सरुवा भए पछि उनको ठाउँमा जिल्ला प्रशासन कार्यलय धादिङबाट रुद्र बहादुर मल्ल अछाम आउने भएका छन्।
प्रमुख जिल्ला अधिकारी उपाध्यायले आफु अछाम आईसके पछि जनताको जिवनमा परीबर्तन आउने खालका कामहरुको सुरुवात गर्नुभएको थियो ।
छाउपडि कुप्रथा अन्त्य तथा पर्यटन प्रबद्धन र नागरीक सचेतना लगाएतका महत्वपूर्ण कामहरु सुरुवात गरेका उपाध्यायको यो सकारात्मक कार्यलाई अब आउने प्रमुख जिल्ला अधिकारीले के निरन्तरता देलान त ? यो प्रश्न पेचिलो बनेको छ ।
उपाध्याय जिल्ला प्रशासन कार्यालय अछाममा आएको आप १ सय ९४ दिन पुरा भएको छ । यो अवधि सम्म उहाँले जिल्लाका बिकट ठाउँहरुमा आफै पुगेर जनता लाई नागरीकता लगाएत अन्य थुप्रै सेवाहरु दिईरहनु भएको थियो ।
कार्यालयमा कर्मचारीको अभाब हुँदाहुँदै पनि समयको जोहो गरी जिललाका बिकट ठाउँहरुमा पुगेर जनतालाई सेवा दिने प्रमुख जिल्ला अधिकारी के अब अछामी जनताले पाउलान त ? यो प्रश्न पनि उठ्न थालेको छ ।
नियमित कार्यालयको काममा खटिने उपाध्याय शनिबारको दिनमा पनि नागरीकको घरमै गएर भएपनि सेवा प्रदान गर्दै आउनुभएको थियो ।