अछाम । नेपाली कांग्रेसका यूवा नेता बद्री पाण्डेले केपी ओलीले आफुमा महाराज भएको चेष्टाका साथ देशदौडामा निस्किएको ओरोप लगाएका छन् । सुदूरपश्चिम भरी कुनै पनि कालो कपडा प्रयोग गर्न नपाईने ओलीको उर्दीले त्यसको संकेत गरेको नेता पाण्डेको भनाई छ ।
अछाम जिल्लाको बान्नीगढीमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य पाण्डेले केपी ओली नेतृत्वको सरकारले केही गर्न सक्छ की भन्ने सानो आशा थियो तर कुनै सिन्को समेत भाँच्न नसकेको आरोप उनको थियो ।
नेता पाण्डेले भने ‘लगभग दुई तिहाईको नजिक रहेको नेकपाको सरकारको स्थितर सरकार बन्यो यसले देशमा विकास सहितका केही काम गर्छ कि भन्ने झिनो आशा थियो तर काललाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भयो ।’
तर नेकपाको सरकार आएदेखि नै देशमा अस्थिरता सुरु भयो नेता पाण्डेले भने ‘अछाम लगायत सुदूरपश्चिमका धेरै नागरिकहरु अहिले पनि बम्बैमा आफ्नो जिवन गुजारका लागि दिन चहार्दै छन् यो भन्दा ठुलो दुखको कुरा के हुन सक्छ् ।
’देशको राष्ट्रपतिबाट संबिधानको रक्षा हुनुको साटो कुल्चने काम मात्रै भयो कांग्रेस नेता पाण्डले भने केपी ओली पनि निरंकुश प्रधानमन्त्री बनेको उनको आरोप थियो ।