अछाम । रूडेक नेपालको खानेपानी तथा सरसफाइ कार्यक्रम अन्तर्गत कमलबजार नगरपालिकामा आधुनिक प्रविधिका हात धुने टिपि ट्याप धारा वितरण गरिएको छ । नगरका सार्वजनिक स्थलका लागि आधुनिक प्रविधिकका ५ सय लिटरको हिल ट्याङ वितरण गरिएको रूडेकले जनाएको छ ।
आधुनिक प्रविधिको हिलट्याङमा हातको प्रयोग नगरि खुट्टाले थिचेपछि साबुन पानि आउने व्यवस्था गरिएको छ । यो नौलो प्रविधिले कोरना लगायत सरूवाजन्य रोग नियन्त्रणमा ठुलो सहयोग पुर्याउने भन्दै सरोकारवालाले संस्थालाई धन्यवाद दिएका छन ।
पानी ट्यङकिमा हात धुधा सबैले टुटिमा हात लगाउनुपर्ने र त्यसले झन रोग सार्ने भएकाले यो नौलो प्रविधि ल्याईएको रूडेक नेपालका फिल्ड संयोजक मेघराज पाण्डेले बताउनुभयो ।
यो प्रविधि राम्रो भएकाले यसको प्रयोग सार्वजनिक स्थल,विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालय हरूपमा समेत व्यवस्था गर्नुपर्ने सरोकारवालाले बताएका छन ।
शुक्रबार एक कार्यक्रमको आयोजनागरि संस्थाले १२ वटा आधुनिक प्रविधिका हिलट्याङकि हरू वितरण गरेको छ ।
वितरण गरिएका ट्याकङिहरू सार्वजनिक स्थलमा राखिने नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत खडक बहादुर बिष्टले बताउनुभएको छ ।
रूडेक नेपालले ट्याङकी संगै एन ९५ माक्स, सेनिटाईजर, हातधुने साबुन , सेनेटरि प्याड, ग्लबस र सर्जिकल माक्स समेत नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
एकीकृत जलस्रोत ब्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल र रूडेक नेपालको सहयोगमा सामग्री वितरण गरिएको हो । कार्यक्रममा बोल्ने वक्ता वक्ताहरूले विशेष परिस्थितिमा स्वास्थ्य सामग्री दिएर सहयोग गरेकोमा संस्थालाई धन्समेत दिएका छन ।
रूडेक अछामले नगरपालिकामा खानेपानी तथा सरसफाइ लगायत मर्यादित महिनावारी व्यवस्थापन तथा वातावरण मैत्री विद्यालय निर्माणका लागि काम गर्दै आएको छ ।