अछाम । अछाम बहुमुखी क्याम्पसले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । गएको मंसिर महिनामा सञ्चालन गरिएको परीक्षा क्याम्पसले आधुनिक आधुनिक प्रविधिको प्रयोग गरेर परीक्षाफल प्रकाशित गरेको क्याम्पस प्रमुख छत्रबहादुर विष्टले जानकारी दिनुभयो ।
क्याम्पसले सबै विद्यार्थीको परीक्षाफल जिपिएमा प्रकाशित गरेको छ । क्याम्पसको फेसबुक पेज र क्याम्पसको सूचना बोर्डमा नामावलीसहित परीक्षाफल राखिएको छ ।
मार्कसिट क्याम्पसले आइतबारबाट नै उपलब्ध गराउने क्याम्पस प्रशासनले जानकारी दिएको छ । उक्त परीक्षामा अछाम बहुमुखी क्याम्पसमा अध्ययनरत एकसय भन्दा बढी परीक्षार्थी सहभागी रहेका थिए ।