सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

टेक बहादुर थापा

Sudur Darpan by Sudur Darpan
January 4, 2021
in Highlights, कृषि
0
आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

तस्बिर : चन्द्र प्रसाद भाट/सुदूर दपर्ण

0
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पौष २०,अछाम- अछाम जिल्लाका अधिकांश लेकाली भेगतिरको जग्गा बाझैँ देखिन थालेको छ । जिल्लाका गाउँहरुमा जाँदा सजिलै तरिकाले खेतीयोग्य जमीन समेत गौचरणमा परिणत भएको देख्न सकिन्छ ।

बसाई सराई गर्नु,युवाहरु बिदेशीनु, जंगली जनावरले खेती नष्ट पार्नु,परनिर्भरता बढ्नु लगायतका कारणले खेतीयोग्य जग्गाहरु बाझैँ देखिन थालेका हुन । केही बर्ष पहिले खेती देखिने जग्ग्गामा अहीले घाँस तथा अन्य बोटबिरुवा हुर्केको देखिने गरेको छ ।

यसले गर्दा जिल्लामा थप खाद्यान्न संकट हुने आकलन गरिएको छ । युवाहरु काम गर्न लाज मान्ने, मेहनत गरेपनि सोचेअनुरुप खेती नफल्ने र जंगली जनावरले पनि खेती खान नदिनेगरेपछि समस्या देखिन थालेको कतिपयको भनाई छ ।

तर मंगलसेन नगरपालिका वडा न १० का युवाहरुले भने आफ्नो पुरानो बाँझो जग्गालाई खेतीयोग्य जमिनका रुपमा परिणत गरेका छन । साविकको जुपु गाविसको भुटेन्तोला लेखमा रहेको ३० रोपनि जग्गामा वडान १० का पुरन रावल,भरत रावल र बम बहादुर रावल मिलेर ब्यवसायीक रुपमा खेतीगर्न थालेका हुन ।

घरपरिवारका पछिल्लो पुस्ता सबै पढाईको शिलशिलामा बाहिर गएपछि घर परिवारले खेती गर्न नसकेपछि भुटेन्तोलाको जग्गा करिब तिन दशक बाँझै रहेको थियो ।

पढाई सकेर दाईभाईहरु सबै आ-आफ्नो ब्यवसायमा लागे,म बिदेश लागे बिदेशमा गएरपनि राम्रो कमाई गर्न नसकेपछि अहिले आफ्नै बाँझो जग्गालाई खनजोत गरेर ब्यवसायीक रुपमा खेती गर्न थालेको स्थानीय युवा पुरन रावलले बताउनु भएको छ ।

बिदेशमा गएर अर्काको देश बनाउनु भन्दा आफ्नै पुर्खादेखिको थातथलोलाई आधुनिक तरिकाले खेती गरेमा यही ठाउमा केही गर्न सकिने उहाँको भनाई छ । आफ्नै ठाउमा काम गरेर आफ्नै गाउ बनाउनुपर्ने रावलले बताउनुभयो ।

https://sudurdarpan.com/wp-content/uploads/2021/01/puran-new-1.mp3

अहिले विभिन्न बाहानामा युवाहरुले पनी खेती गर्न छोडेकाले आफुलाई चिन्तीत बनाएको भन्दै युवा ब्यवासायी रावलले मेहनत गरेमा आफ्नै ठाउमा सुन फलाउन सकिने उदाहरण दिनुभयो ।

पुरानै तरिकाबाट भन्दापनि आधुनिक तरिकाले ब्यवसायी रुपम खेती गरेमा मनग्य आम्दानी गर्न सकीने भएकाले सरकारले कृषकको लागी बनाएको नितिहरु प्रभावकारी ढंगले कार्यन्वयन गरेमा आफुहरु जस्ता कृषकको लागि टेवा पुग्ने उहको भनाई छ ।

https://sudurdarpan.com/wp-content/uploads/2021/01/puran-2-voice.mp3

युवाहरु समाज परिवर्तको संवाहक भएकाले कुलतमा लाग्नु भन्दापनि केहि न केही ब्यवसाय गरेमा समाजका लागी टेवा पुग्ने रावलको भनाई छ । कृषिमा राम्रो भबिष्य रहेकाले कृषि पेशालाई घृणा होईन गर्व गर्नुपर्ने अगुवा कृषक रावलले बताउनुभएको छ ।

https://sudurdarpan.com/wp-content/uploads/2021/01/Puran-voice-3.mp3

यता मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले आफ्नो पालिकाले यसरी ब्यवासयीक रुपमा कृषि गरिरहेका युवाहरुका लागी बिशेष कार्यक्रम संञ्चालन गरेको बताउनु भएको छ । युवाहरु आफ्नो कार्ययोजना सहित नगरपालिका कार्यालयमा आएमा सहयोग गरिने बताउनुभयोे ।

 

Previous Post

ओली तिर सोझिए साँसद बोगटी

Next Post

ढुंगा लाग्दा एक महिलाको मृ’त्यु

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
भारतको एक उद्योगमा ग्यास चुहिँदा १३ जनाको ज्यान गयो

ढुंगा लाग्दा एक महिलाको मृ’त्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.