सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

अछाममा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थामा जनशक्ति अभाव

Sudur Darpan by Sudur Darpan
February 22, 2021
in Highlights
0
अछाममा सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थामा जनशक्ति अभाव
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

टेक बहादुर थापा : अछाम जिल्लामा असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाहरुको संख्यामा कमी आउन सकेको छैन । विभिन्न कारणले अहिलेपनि महिलाहरुले असुरक्षित ढंगले गर्भपत गराउने गरेका एक तथ्याङकले देखाएको छ ।

सुचिकृत स्वास्थ्य संस्थाको अभाव, घरको दाबाब,नचाहादा नचाहदै गर्भरहनु, परिवार नियोजनका साधनहरु प्रयोग नगर्नु, सुचिकृत स्वास्थ्य संस्थामा गएर गर्भपत गर्न लाज मान्नु लगायतका कारणले अहिलेपनि महिलाहरु ज्यानलाई जोखिममा राखेर असुरक्षित ढंगबाट गर्भपतन गराईरहेका आईपास अछामले जनाएको छ ।

अछाम जिल्लामापनि योदर निकै बढिरहेको पाईएको छ । नेपालमा सन २०१४ को जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङक अनुसार बार्षिक रुपमा १ लाख ८६ हजार १ सय ४४ जनाले असुरक्षित तरिकाले गर्भपत गराउने गरेका आईपास नेपालले एक कार्यक्रका विच जानकारी गराएको छ ।

यस कारणले महिलाको स्वास्थ्य अवस्था निकै जोखिममा रहनुसाथै कमजोर समेत हुने गरेको पाईएको छ । अछाम जिल्लामा सुरक्षित तरिकाले गर्भपत गराउने जनशक्तिको अभाव रहेकालेपनि यो समस्या बढी देखिएको आईपास नेपालले जनाएको छ । अछाम जिल्लाभरी १५ वटा सुचीकृत स्वास्थ्य संस्था रहेका छन ।

जिल्लामा २ वटा अस्ताल, प्राथामिक स्वास्थ्य केन्द्र २ र ११ वटा स्वास्थ्यचौकीमा मात्रै सुरक्षित तरिकाले गर्भपतन गराउने ब्यवस्था गरिएको छ,तर जिल्लामा अन्य स्वास्थ्य संस्था तथा निजि क्लिनिकहरु बाट औषधी खाएर असुरक्षित ढंगले गर्भपतन गराउनेको संख्या बढि छ । सुचिकृत गरिएका केही स्वास्थ्य संस्थामापनि तालिमप्राप्त स्वास्थ्यकर्मीको अभाव रहेको पाईएको छ ।

अछाम जिल्लामा २०७६/७७ मा विभिन्न सुचिकृत स्वास्थ्य संस्थामा २ सय ११ जनाले सुरक्षित गर्भपतन गराएका छन,भने ०७५/०७६ मा २ सय १९ जना र ०७४/०७५ मा २ सय ७३ जनाले गर्भपत गराएका स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख गरिएको आईपास नेपालका उपेन्द्र कुवँरले जानकारी दिनुभएको छ ।

यसका लागि स्थानिय सरकारले पहल गर्नुपनि भएपनि स्थानिय सरकारबाट पनि सकारात्मक पहल भएको पाईएको छैन । कानुन बमोजिम निज महिलाको स्वास्थ्य अवस्था ठिक छ र महिलाको समहमतिभयो भने १२ हप्ताको गर्भ गर्भपतन गराउने ब्यवस्था रहेपनि अछाम जिल्लामा भने महिलाहरुले असुरक्षित तरिकाले गर्भपत गराउदा निकै भयाबह स्थिति देखिएको छ ।

आईपासले आयोजना गरेको सुरक्षित गर्भपतन लैङ्गिक हिंसा सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा सहभागि जिल्लाका पत्रकारहरुले यो गम्भिर बिषय भएकाले यो बिषयलाई आ आफ्नो सञ्चार माध्यमबाट उठानगरि सम्बन्धित निकायलाई घचघच्याउने प्रतिबद्धता जनाएका थिए ।

गर्भपतन जस्तो सवालमा स्थानीय सरकार गम्भिर नभएको देखिएकाले यस्ता सवालमा सरोकारवाला सबै जिम्मेवार हुनुपर्ने अन्र्तक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुको जोड थियो । कार्यक्रमको सहजिकरण आईपास नेपालका प्रदेश संयोजक प्रदिप अर्याल र उपेन्द्र कुवँरले गर्नुभएको थियो ।

Previous Post

नेकपाबाट निर्वाचित वडाध्यक्षले नियम विपरीत संचालन गरेको मेडिकल सिल

Next Post

वन संरक्षणमा सबै जुटौँ : वन कार्यालय

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
उपभोक्ताको लापर्बाहिले अछामका सामुदायिक बनमा आगलागी : बन कार्यालय

वन संरक्षणमा सबै जुटौँ : वन कार्यालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.