माघ ३०,अछाम : अछाममा माछा मार्दै गरेका एक युवकको करेन्ट लागेर मृत्यु भएपछि एकजनालाई नियन्त्रणमा लिईएको छ । जिल्लाको ताँशीगाड खोलामा माछा मारिरहेका मेल्लेख गाउँपालिका ३ दर्वाका २५ वर्षीय खेम बुढाको विजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएपछि सोहि ठाउँका धिरेन्द्र शाहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गंगादत्त बडुले जानकारी दिनुभयो ।
खोलामा माछा मार्नका लागी बिद्युतको पावर हाउस बाट विजुलीको तार बिछ्याएका सोही ठाउँका शाहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरीरहेको पनी प्रहरी निरीक्षक बडुले बताए । घटनाको अनुसन्धान भैरहेकाले अनुसन्धान बाट मात्र थप रहष्य खुल्ने उहाँले जानकारी दिनुभयो ।