सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

अछाममा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

Sudur Darpan by Sudur Darpan
February 19, 2021
in Highlights
0
अछाममा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना
0
SHARES
267
VIEWS
Share on FacebookShare on Twitter

चन्द्र प्रसाद भाट,फागुन ७,अछाम : भूमि सम्बन्धी समस्या समाधान आयोग अछामको कार्यालय स्थापना गरीएको छ । आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवशको अवशर पारी कार्यालयको स्थापना गरीएको समितिले जनाएको छ ।

जिल्लामा लामो समयदेखि रहेका भूमि सम्बन्धी समस्याहरु लाई समाधान गर्नका लागी नेपाल सरकारले देशभर नै जिल्ला समिति गठन गरेको थियो ।

सदरमुकाम मंगलसेनमा स्थापना भएको कार्यालयले जिल्लाका वास्तबिक भूमिहिनहरुका समस्याह्रु लाई समाधान गर्ने सरोकारवालाहरुले बिश्वास लिएका छन ।

भूमि सम्बन्धी समस्या समाधान आयोग अछामका अध्यक्ष कटक बहादुर साउँदको अध्यक्षतामा भएको कार्यालय स्थापना कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै कुँवरले आयोगले जिल्लामा काम गर्नका लागी कर्मचारीको समस्या खेप्नुपर्ने हुँदा कर्मचारी ब्यवस्थापनका लागी समितिले अहिले देखि नै पहल गर्नुपर्ने बताउनुभयो ।

जिल्लाका अहिले पनि धेरै यूवा यूवतिहरु बेरोजगार रहेको भन्दै उहाँले सिमित समयका लागी भएपनि उनिहरुलाई काममा लगाउनका लागी समितिले केन्द्र संग माग गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले हामीमा तत्काल नै फाईदा लिने प्रबृतिले समस्या भैरहेको बताउनुभएको छ । जिल्लामा भूमि सम्बन्धीका समस्या थुप्रै रहेकाले यसको समाधानका लागी सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

यस्ता समस्या समाधानका लागी सबैसंग समन्वय गर्दै अघि बढ्न सके यस्ता समस्याहरुको समाधान क्रमिक रुपले हुँदै जाने समेत उनको भनाई छ ।

यस्तै अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जनताका समस्याहरु लाइ निराकरण गर्नका लागी सबैले गम्भिर रुपमा सोच्नुपर्नेमा जोड दिनुभएको छ ।

सबै सरोकारवालाहरु संग सहकार्य गर्दै अघि बढ्न सक्यो भने जनताले राहात पाउने समेत उनको भनाई छ । समितिलाई सक्रिय बनाउनका लागी जनशक्तिको अभाब रहेकाले यसको सहजीकरणका लागी पनि आफुले पहल गर्ने समेत उपाध्यायले प्रतिबद्धता जनाउनुभयो ।

यस्तै कार्यक्रमका बोल्दै आयोगका जिल्ला अध्यक्ष कटक बहादुर साउँदले सरकारले सुम्पिएको जिम्मेवारी कुशलता पूर्बक ढंगले निर्बाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।
आफु जिल्ला अध्यक्ष भैसकेपछि जनताका लागी कुनै पुर्बाग्राहि नराखि नागरीकहरुलाई समान रुपले सेवा प्रदान गर्ने समेत उहाँले बताउनुभयो ।

आफ्नो कार्यकाल सम्म जिल्लाका भूमिहिन जनता लाई सेवा उपलब्ध गराउनका लागी सबै संग सहकार्य गर्दै अघि बढ्ने उनको भनाई छ ।

कार्यक्रममा आफ्ना कुराहरु राख्दै नापी कार्यालय अछामका कार्यालय प्रमुख धर्मराज ओझाले समितिलाई आवश्यक सहयोग नापी कार्यालयले सधैँ गर्ने बताए ।

नापी कार्यालय बाट चाईने आवश्यक सहयोग गर्न कार्यालय तयार रहेको बताउँदै उहाँले जनताका समस्या समाधान गर्नतर्फ समिति अग्रसर हुनुपर्ने भनाइ राख्नुभयो ।

Previous Post

निर्वाचन आचारसंहिता कार्यन्वयनमा सबैले सहयोग गरौँ

Next Post

काठ तथा वन्यजन्तु तस्करी गर्नेलाई मुद्धा चलाउने तयारी

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना
Highlights

कुप्रथा हटाउन तथा पर्यटन प्रबद्धन गर्न चित्रकला प्रतियोगीताको आयोजना

by Sudur Darpan
February 24, 2021
Next Post
उपभोक्ताको लापर्बाहिले अछामका सामुदायिक बनमा आगलागी : बन कार्यालय

काठ तथा वन्यजन्तु तस्करी गर्नेलाई मुद्धा चलाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.