सुदूर दर्पण
Advertisement
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध
No Result
View All Result
सुदूर दर्पण
No Result
View All Result

अछामको स्वास्थ्य क्षेत्रको बिकासका लागी सबै जुटौँ : जनप्रतिनिधि

Sudur Darpan by Sudur Darpan
January 8, 2021
in Highlights, स्वास्थय-जीवनशैली
0
अछामको स्वास्थ्य क्षेत्रको बिकासका लागी सबै जुटौँ : जनप्रतिनिधि

जिसस अछाममा भएको एक कार्यक्रम

0
SHARES
218
VIEWS
Share on FacebookShare on Twitter

टेक बहादुर थापा,पौष २४,अछाम-जिल्लाको स्वास्थ्य अवस्थालाई सुधार गर्न आ आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाले प्रतिबद्धता जनाएका छन । जिल्लाको स्वास्थ्य अवस्थामा अहिलेपनि विभिन्न खालका समस्याहरु रहेकाले देखिएका समस्याहरु समाधान गर्न आफ्नो पालिकामा जिम्मेवार ढंगले काम गर्ने बताएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय अछाम र जिल्ला खोप समन्वय समिती अछामले आयोजना गरेको पूर्णखोप दिगोपनाको सुनिश्चितता गोष्ठिमा सहभागाी जनप्रतिनिधिहरुले अहिलेपनि स्वास्थ्यका सुचकहरु पुरा नभएको देखिएकाले यी सुचकहरु पुरागर्न आगामी दिनमा आफ्नो पालिका भरीका स्वास्थ्य संस्था संग प्रभावकारी ढंगले समन्वय गरेर अघिबढ्ने कार्यक्रममा सहभागी जनप्रतिनिधिको भनाई थियो ।

अछाम जिल्लामा खोप लगाउने दर पहिलेको तुलनामा बढेपनि अझै अपेक्षाकृत ढंगले अघिबढ्न नसकेकाले आगामी दिनम यस तर्फ सरोकारवाला जिम्मेवार हुनुपर्ने स्वास्थ्य कार्यालय अछामले सबैलाई अनुरोध गरेको छ ।

जिल्लाका सबै पालिकाहरुमा विभिन्न खालका समस्या रहेका र जिल्लाको चौरपार्टि गाउपालिकामा खोप लगाउने दर अन्य पालिकाको भन्दा निकै न्युन रहेको सोही अवसरमा जनस्वास्थ्य अधिकृत झनकरा ढुंगानाले जानकारी गराउनुभएको थियो ।

अछाम जिल्लामा आर्थिक बर्ष २०७६/७७ मा ६१ जना र २०७५/०७६ मा ९४ जना बालबालिकाको स्वास्थ्य संस्थामा ज्यान गएको सोही अवसरमा जानकारी गराईएको थियो । यस्तै अछाम जिल्लामा अहिलेपनि ३१ प्रतिशत दम्पतीले मात्रै परिवार नियोजनका अस्थायी साधानहरु प्रयोग गर्ने गरेको, बाल बिवाह प्रमुख समस्याको रुपमा रहेको र स्वास्थ्य विमागर्ने ब्यक्तिहरु पनि निकै न्युन रहेकाले यस्ता कुराहरुमा आगामी दिनमा परिणाम देखिने गरि काम गर्नुपर्नेमा सहभागीको जोड थियो ।

यस्तै अछाम जिल्ल्लामा ३६ हजार ४ सय १० जनाले मात्रै स्वास्थ्य विमा गरेका पाईएको छ । स्वास्थ्य विमाको बारेमा प्रभावकारी जानकारी नहुनु,सरोकारवाला निकायबाट पनी प्रभावकारी काम नहुनु लगायतका कारणले यो संख्या बढ्न सकेको छैन ।

जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले पहिलेको तुलनामा जिल्लाको स्वास्थ्य अवस्था राम्रो रहेकाले थप प्रभावकारी बनाउन सरोकारवालाले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य संस्थाबाट समयमै रिपोर्टिङ नगर्ने समस्या रहेकाले यस तर्फ ध्यान दिनुपर्ने र आफ्नो पालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकता राखेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै तुर्माखाद गाउपालिकाका अध्यक्ष पुस्पराज शर्माले स्वास्थ्यकर्मी र जनप्रतिनिधि बिच प्रभावकारी समन्य नहुनुलेपनि स्वास्थ्य क्षेत्रमा सोचेअनुरुप प्रगति हुन नसकेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिती अछामको हलमा सम्पन्न भएको कार्यक्रममा अछामका प्रमुखजिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले कुराभन्दा बढी कामगर्नुपर्ने र मानविय संगै वाताबरणिय स्वास्थ्यमा समेत ध्यानदिन सरोकारवालालई सुझाव दिनुभएको छ ।

Previous Post

अछाममा अज्ञात रोगका कारण कुखुरा मर्दै,उपचार गर्ने निकाय बेखबर

Next Post

स्थानिय तहबाट हचुवाका भरमा दिईने सिफारीसले जनतालाई समस्या : सिडियो अछाम

Related Posts

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?
Highlights

के अब अछामले उपाध्याय जस्तो सिडियो पाउला त ?

by Sudur Darpan
February 26, 2021
भिरबाट खसेर ज्यान गयो
Highlights

भिरबाट खसेर ज्यान गयो

by Sudur Darpan
February 25, 2021
जिल्ला अस्पताल अछाममा एकीकृत आकस्मिक मातृ तथा नवजात शिशु स्याहार भवनको शिलान्यास
स्वास्थय-जीवनशैली

जिल्ला अस्पताल अछाममा एकीकृत आकस्मिक मातृ तथा नवजात शिशु स्याहार भवनको शिलान्यास

by Sudur Darpan
February 24, 2021
सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने
Highlights

सुदूरपश्चिम सरकारले निशुल्क एमबिबिएस पढाउने

by Sudur Darpan
February 24, 2021
Next Post
स्थानिय तहबाट हचुवाका भरमा दिईने सिफारीसले जनतालाई समस्या : सिडियो अछाम

स्थानिय तहबाट हचुवाका भरमा दिईने सिफारीसले जनतालाई समस्या : सिडियो अछाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

अत्याधिक पढिएकाे

  • अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    अछाममा गुडिरहेको गाडीमा किन लाग्यो आगो ?

    0 shares
    Share 0 Tweet 0
  • आफ्नो गाउँ आफै बनाऔँ : अगुवा कृषक रावल (अडियो)

    0 shares
    Share 0 Tweet 0
  • अछाममा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु : अर्का एकजना प्रहरी नियन्त्रणमा

    0 shares
    Share 0 Tweet 0
  • आज वैशाख २७ गते शनिवार, हेर्नुहोस तपाइको आजको राशिफल

    0 shares
    Share 0 Tweet 0
  • अछाममा पहिलोपटक जनप्रतिनिधिलाई कोरोना पुष्टि

    0 shares
    Share 0 Tweet 0
  • भिरबाट खसेर अछाममा एक जनाको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • झोरो र टुकि बाल्ने अवस्था अन्त्य गर्दैछुँ : सांसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • ओली तिर सोझिए साँसद बोगटी

    0 shares
    Share 0 Tweet 0
  • home
  • home Copy
  • home Copy

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.

No Result
View All Result
  • हाेम पेज
  • समाचार
  • अर्थ
  • स्थानिय सरकार
  • कुराकानी
  • समाज
  • राजनीति
  • विचार
  • भिडियाे
  • खेलकुद
  • विविध

© 2020 SurdurDarpan | Designed by Webpal | Developed by Amazed.